Madhes Khabar
अन्तर्राष्ट्रिय प्रविधि

जापानले पठाएको यान चन्द्रमामा सफलतापूर्वक अवतरण

तस्बिर : बीबीसी।

काठमाडौं,६माघ : जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले जापानी चन्द्रयान ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ चन्द्रमामा अवतरण भएको शनिबार पुष्टि गरेको छ।

स्थानीय समयअनुसार शनिबार जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एक अनलाइन वक्तव्यमा जापानी मानवरहित यान शुक्रबार राति १२ बजेर २० मिनेटमा चन्द्रमामा अवतरण गरेको जनाएको छ। जाक्साले यानको अवतरणपछि सञ्चार स्थापित भएको पुष्टि गरेको छ।

यद्यपि, अवतरणपछि चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको सोलार व्याट्रीको रिचार्ज हुन नसकेपछि यानमा रहेको व्याकअपको सहयोगमा चन्द्रमाका तस्बीर, चट्टान सङ्कलन तथा अनुसन्धानका अन्य गतिविधिहरू भइरहेका जाक्साले बताएको छ।

’स्लिमको सोलार सेलले बिजुली उत्पादन गर्न नसक्ने भएकाले यसले ब्याकअप ब्याट्रीमा काम गरिरहेको छ जुन केही घण्टासम्म मात्र टिक्छ,’ जाक्साका अधिकारीहरूले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने।

अवतरणपछि चन्द्रमाको सतहबाट तथ्याङ्क लिने काम जाक्साका लागि प्राथमिकतामा रहेको अधिकारीले बताएका छन्।साभारः अन्नपूर्णपोष्टबाट

Related posts

रामगढवामा भएकाे चिम्नी विस्फोटमा परि मृत्यु हुनेकाे संख्या ९ पुग्याे

MadhesKhabar

भारतमा साम्प्रदायिक हिंसा फैलिदैं, मस्जिद जलाएर इमामको हत्या

MadhesKhabar

भारु २ हजारकाे नाेट नचलाउने भारत सरकारकाे निर्णय

MadhesKhabar

Leave a Comment