Madhes Khabar
अन्तर्राष्ट्रिय

थाइल्यान्डमा भेटियो एक करोड ५० लाख टन लिथियमको भण्डार

काठमाडौं,६माघःथाइल्यान्डमा झण्डै एक करोड ५० लाख टन लिथियमको भण्डार फेला परेको छ ।थाईल्यान्ड सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई दिएको अन्तरवार्तामा एक करोड ४८ लाख टन लिथियम दक्षिणी प्रान्त फाङ नगामा दुई अलग अलग क्षेत्रको बीचमा फैलिएको जानकारी दिएकी छन्।

फेला पारेका स्रोतबाट कति प्रयोग गर्न सक्छौँ भनेर पत्ता लगाउन प्रयास गरिरहेको र यसमा समय लाग्ने उनको भनाइ छ । लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने ब्याट्रीहरूको निर्माणका लागि प्रमुख तत्व हो ।

अबका दिनमा विद्युतीय गाडी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने थाइल्यान्डको लक्ष्यलाई यसले प्रवर्द्धन गर्ने अपेक्षा छ । पछिल्लो खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ । तर यसलाई व्यावसायिकरूपमा कति क्षमतामा प्रयोग गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

Related posts

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खान माथि गोली प्रहार

MadhesKhabar

भारतको हरियाणामा भएको जातिय हिंसामा ६ जनाको मृत्यु

MadhesKhabar

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

MadhesKhabar

Leave a Comment