Madhes Khabar
समाज

वीरगन्जको बेलवामा साहिब दरबारद्वारा गरिब विपन्नहरुलाई सिरक वितरण

वीरगन्ज,२माघः परोपकारी संस्था साहिब दरबारले वीरगन्जको ग्रामीण भेगमा गरिब विपन्न र असहायहरुलाई सिरक वितरण गरेको छ । साहिब दरबारले मंगलबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेलवामा ७० जनालाई सिरक वितरण गरेको हो ।

यसअघि साहिब दरबारले नै वीरगन्जको नारायणी अस्पतालका बिरामी र कुरुवाहरुलाईपनि १५० थान कम्बल वितरण गरेको थियो । शीतलहरसंगै चिसो बढ्दै गएकोले गरिब विपन्नहरुलाई जाडोमा राहत मिलोस् भनेर संस्थाले विभिन्न स्थानमा कम्बल र सिरक वितरण गरिरहेको संस्थाका अध्यक्ष उमेशलाल सहनीले बताए ।

मंगलबार बेलवामा सहनीकै अध्यक्षतामा भएको सिरक वितरण कार्यक्रममा जसपाका स्थानीय नेता सुलेमान मियाँ,साहिब दरबारका सदस्यहरू प्रेमबाबु पटेल , अन्नपुर्णा सिंह , संगीता दास , सुनिता शर्मा , पुष्पराज कोइराला हफिज मियाँ लगायतकोपनि उपस्थिती रहेको थियो ।

 

Related posts

वीरगन्ज :गरिब परिवारकी दलित युवतीको विहे खर्चका लागि उपकार सेवा नेपालको सहयोग

MadhesKhabar

रानीघाट दुर्गा पूजा सेवा समितिकाे कार्यक्रममा ९५ जनाद्वारा रक्तदान

MadhesKhabar

वीरगन्जमा चिकित्सक श्रीमति संघले आयोजना गरेको कार्यक्रममा २५ जनाद्वारा रक्तदान

MadhesKhabar

Leave a Comment