Madhes Khabar
समाज

वीरगन्जमा चिकित्सक श्रीमति संघले आयोजना गरेको कार्यक्रममा २५ जनाद्वारा रक्तदान

मधेसखबर
वीरगन्ज,७चैत : नेपाल चिकित्सक श्रीमति संघ पर्साको आयोजनामा मंगलबार वीरगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्जको छपकैया स्थित रक्त सन्चार केन्द्र वीरगन्जकै परिसरमा आयोजित रक्तदान कार्यक्रममा १ जना महिला सहित २५ जनाले रगतदान गरेका छन् ।

रगतदान गर्नेहरुमा रोशनी साह, साबीर अन्सारी , बाबुनन्द प्रसाद, दिदपक सर्राफ , रामकृष्ण पराजुली , डाक्टर सरोज रोशन दास लगायतका रहेका छन् ।

चिकित्सक श्रीमति संघ पर्साकी अध्यक्ष निता झाकको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममै चिकित्सक श्रीमति संघ पर्साले रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेलाई सम्मानित पनि गरेको थियो । रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले पनि सहजिकरण गरेका थिए ।

Related posts

पर्साको शिवधाम धार्मिक वन क्षेत्रमा कांग्रेसद्वारा वृक्षारोपण

MadhesKhabar

बाराको जीतपुरसिमरा उपमहानगरले रक्तदान कार्यक्रम गरेर मनायो संविधान दिवस

MadhesKhabar

ब्लड बैंकमा रगत अभाव भएपछि वीरगन्ज हेल्थ केयरका डाक्टर,नर्ससहित ११५ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment