Madhes Khabar
खेलकुद

एनआई कप टी–२० क्रिकेटमा ज्ञानदा एकेडेमीको लज्जास्पद हार

वीरगन्ज,२माघः वीरगन्जमा जारी नेशनल ईन्फोटेक (एनआई) कप टी–२० क्रिकेट प्रतियोगितामा आयोजक नेशनल ईन्फोटेक कलेजसंग ज्ञानदा एकेडेमीले लज्जास्पद हार व्यहोरेको छ ।

नारायणी रंगशालाको क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा ज्ञानदा एकेडेमी आयोजक नेशनल ईन्फोटेक कलेजसंग १०७ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको हो ।

नेशनल इन्फोटेकले दिएको १७२ रनको लक्ष्यका जवाफी व्याटिङमा उत्रिएको ज्ञानदा एकेडेमी ६४ रनमै अलआउट भयो । उसले १६.३ ओभरमा केवल ६४ रनमात्र बनाउन सक्यो । उसका लागि धिरज पटेलले १२ र सुमित कुमार पटेलले ११ रनमात्र बनाउन सके ।
बलिङतर्फ
नेशनल ईन्फोटेकका सलमान मन्सुरी एक्लैले ३ विकेट लिए । उनले ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिएका हुन् । अशबाबले ४ ओभरमा मात्र ५ रन खर्चिएर २ विकेट लिए भने अर्वाज हुसैनले २.३ ओभरमा ७ रन खर्चिएर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेशनल ईन्फोटेकले पुरा २० ओभर खैलदै मात्र ३ विकेट गुमाएर १७१ रनको विशाल योगफल तयार पारेको थियो । उसका लागि राहुल महतोले ६१ बलमा ६५ रन , सफवान अलीले ३५ बलमा ६४ रन र राहुल हकले १८ बलमा १९ रन जोडे । बलिङतर्फ ज्ञानदा एकेडेमीका फैजाल अजाम र प्रवेज आलमले १÷१ विकेट लिए ।

यसअघि मंगलबार नै भएको पहिलो खेलमा वीरगन्ज कलेजलाई हराउँदै हेटौडा स्कुल विजयी भएको थियो ।

 

Related posts

नेपाल कुवेतसंग ४–० ले पराजित

MadhesKhabar

पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपकाे फाइनलमा

MadhesKhabar

वीरगन्जमा आयोजित म्याराथन दौड प्रतियोगिताको उपाधि बाराका यादवले जिते

MadhesKhabar

Leave a Comment