Madhes Khabar
मधेस प्रदेश

मधेस सरकारले माघ ३ गते `स्वाभिमान दिवस´ मनाउने

वीरगन्ज,२७पुष:मधेस प्रदेश सरकारले माघ ३ गते `स्वाभिमान दिवस´मनाउने भएको छ ।बिहीबार बसेकाे मधेस प्रदेश सरकारकाे मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई `स्वाभिमान दिवस´ मनाउने निर्णय गरेको हो ।

२०७८ साल माघ ३ गतेकै दिन तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेस प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय भएको मधेस सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।

त्यस्तै माघ ५ गते मधेस सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेस आन्दोलनकाे सहिदका परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको मन्त्री समिमले बताए ।

Related posts

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

८६ हजार विद्यार्थीलाई झोला वितरण गर्दै मधेस सरकार

MadhesKhabar

वन कर्मचारीविरुद्ध रौतहटको चन्द्रनिगाहपुरमा युवा संघको प्रदर्शन

MadhesKhabar

Leave a Comment