Madhes Khabar
राष्ट्रिय

आफूलाई तपस्वी बताउने रामबहादुर बम्जन पक्राउ

काठमाडौं,२४पुष:आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । ब्युरोका एक उच्च अनुसन्धान अधिकारीले उनलाई पक्राउ गरेर भर्खरै ब्युरो ल्याइएको बताए ।

‘लिटिल बुद्ध’ समेत बताउने बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए । पछिल्लो समय भने उनले सिन्धुलीमा आश्रम बनाएर बसेका थिए ।

आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरी परेपछि सीआईबी, कोशी प्रदेश र मधेस प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेका थिए ।

लामो समयदेखि फरार रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले पटक-पटक उनको सिन्धुलीस्थित आश्रम र अन्य केही शंकास्पद स्थानमा छापा मारेको थियो ।साभार:ईकान्तिपुर

Related posts

बाढी पहिरो अपडेट : देशभर ५० जनाको मृत्यु, दर्जनौँ बेपत्ता

MadhesKhabar

बझाङमा जिप दुर्घटना हुदा ६ जनाको मृत्यु

MadhesKhabar

वीरगन्ज महानगरका थप दुइ वडामा एमाले विजयी

MadhesKhabar

Leave a Comment