Madhes Khabar
मधेस प्रदेश

महाेत्तरीमा दुईवटा माेटरसाइकल आपसमा ठाेक्किदा दुई जनाकाे मृत्यु

सांकेतिक तस्बिर ।

महाेत्तरी,२४पुष: महोत्तरीकाे बर्दिबास-जलेश्वर सडकखण्डमा दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।

औरही नगरपालिका–१स्थित वडा कार्यालय नजिक सोमबार राति ९ बजेतिर बर्दिबासबाट रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प १८४० नम्बरको पल्सर मोटरसाइकल र रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा रामगोपालपुर नगरपालिकाकाे थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो। मृतक दुवै माेटरसाइकल चालक हुन्।

दुर्घटनामा परेर घाइते हुनेमा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिकाका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव रहेका छन्।

Related posts

सर्लाहीमा गाेली हानेर श्रीमतीको हत्या

MadhesKhabar

बस दुर्घटना हुँदा सप्तरीमा १ को मृत्यु , ११ जना घाईते

MadhesKhabar

पर्सामा नेपाल ब्युटिसियन सङ्घको २२ औं स्थापना दिवस र तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment