Madhes Khabar
मधेस प्रदेश

बस दुर्घटना हुँदा सप्तरीमा १ को मृत्यु , ११ जना घाईते


मधेशखबर
९ असाढ , २०७९

सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै सो दुर्घटनामा परेर ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ ख १८९८ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडक भन्दा २० फिट तल खसेर दुर्घटनामा परेको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार बिहान बस पल्टिएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको हो ।
दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको अहिले सनाखत हुन सकेको छैन ।
उक्त बसमा सवार ११ जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

जनमतका सतीश सिंह बने मधेसको मुख्यमन्त्री

MadhesKhabar

सिरहा जिल्ला अदालत अगाडि पडकियो बम

MadhesKhabar

मधेसमा सरकार बनाउन सिके राउतकाे पार्टी निर्णायक, माग्यो मुख्यमन्त्री

MadhesKhabar

Leave a Comment