जनकपुरधाम,२१कार्तिम:जााजरकोट र रुकम (पश्चिम)को भूकम्प प्रभावितलाई मधेस प्रदेश सरकारले ६० लाख मूल्य बराबरको राहत पठाउने तयारी गरेको छ ।
सोमबार बसेको मधेस सरकारको विपद् व्यवस्थापन समितिको बैठकले ६० लाख बराबरको खाद्यान्न सामग्री पठाउने निर्णय गरेको हो ।
मधेसका गृह, संचार तथा कानून मन्त्री मोहम्मद समिमका अनुसार चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाइने छ ।
‘विनाकारी भूकम्पमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जलीसहित चिरशान्तिको कामना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामाना बैठकमा गरिएको छ । जाजरकोट र रुकुमको संकटकमा सहयोग स्वरुप राहत पठाउने निर्णय भयो’ उनले भने ।
राहतका सामग्री खरिद गर्न प्रदेशकाे अर्थ मन्त्रालयबाट रकम माग गर्ने र यसविषयमा मन्त्रीपरिषद् बैठकबाट समेत निर्णय हुने मन्त्री समिमले बताए ।साभार:अनलाइनखबर

