Madhes Khabar
मधेस प्रदेश

भूकम्प पिडितका लागि मधेस सरकारले ६० लाखकाे राहत सामग्री पठाउने

जनकपुरधाम,२१कार्तिम:जााजरकोट र रुकम (पश्चिम)को भूकम्प प्रभावितलाई मधेस प्रदेश सरकारले ६० लाख मूल्य बराबरको राहत पठाउने तयारी गरेको छ ।

सोमबार बसेको मधेस सरकारको विपद् व्यवस्थापन समितिको बैठकले ६० लाख बराबरको खाद्यान्न सामग्री पठाउने निर्णय गरेको हो ।

मधेसका गृह, संचार तथा कानून मन्त्री मोहम्मद समिमका अनुसार चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाइने छ ।

‘विनाकारी भूकम्पमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जलीसहित चिरशान्तिको कामना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामाना बैठकमा गरिएको छ । जाजरकोट र रुकुमको संकटकमा सहयोग स्वरुप राहत पठाउने निर्णय भयो’ उनले भने ।

राहतका सामग्री खरिद गर्न प्रदेशकाे अर्थ मन्त्रालयबाट रकम माग गर्ने र यसविषयमा मन्त्रीपरिषद् बैठकबाट समेत निर्णय हुने मन्त्री समिमले बताए ।साभार:अनलाइनखबर

Related posts

मधेस : सभामुखका लागि एमालेका मण्डल र काँग्रेसका यादवको उम्मेदवारी

MadhesKhabar

मधेस प्रदेशमा हरेक तीन दिनमा डुबेर एक जनाको मृत्यु

MadhesKhabar

मधेस: जनमतले सहमति अनुसार मन्त्रालय नदिए कांग्रेसको नेतृत्वमा सरकार बनाउने ३ दलको तयारी

MadhesKhabar

Leave a Comment