Madhes Khabar
मधेस प्रदेश

मधेसमा ६० प्रतिशत सिट नछोड्न कांग्रेसको प्रदेश समितिको दबाब

मधेसखबर
वीरगन्ज,२३ भदौं : नेपाली कांग्रेसको मधेस प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेसमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको काँग्रेस प्रदेश प्रचार प्रसार समिति संयोजक नितेश गुप्ताले जानकारी दिए ।

बैठकले आठ वटै जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय पनि गरेको छ ।

सिफारिसमा नपरेका आकांक्षीले पनि निवेदन दिएपछि उनीहरूको नाम पनि केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले बताए । उनका अनुसार प्रदेश समितिमा निवेदन दिएका अमरेश सिंहको पनि सिफारिस केन्द्रमा पठाउने निर्णय भएको उनले बताए ।

सर्लाही-४ बाट २०७४ को निर्वाचनमा विजयी भएका अमरेशको यस पटक क्षेत्रीय समितिले सिफारिस नगरी पार्टी महामन्त्री गगन थापाको नाम सिफारिस गरेको छ ।साभार:अनलाइनखबर

Related posts

मन्त्री यादवको क्षेत्रमा साढे २० करोडको लागतमा कालोपत्रे सडक निर्माण हुदै

MadhesKhabar

महोत्तरीको मटिहानीमा भीषण आगलागी, सय भन्दा बढी घर जले

MadhesKhabar

गाैर हत्याकाण्डकाे छानबिन गरी दाेषीलाई कारबाही गर्न सरकार सहमत

MadhesKhabar

Leave a Comment