Madhes Khabar
मधेस प्रदेश

मधेसका निलम्बित जसपा नेपालका सांसद सिंहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद

काठमाडौं,१९जेठःमधेस प्रदेशका निलम्बित सांसद तथा पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ वर्ष कैदको सजाय सुनाएको छ। विशेष अदालतले उनलाई दोषी ठहर गरी मंगलबार सजाय सुनाएको हो।

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनलाई ४ वर्ष कैद र ३८ लाख ५० हजार एक सय ३९ रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।

उपभोक्ता समितिहरूसँग घुस लिएको प्रमाण भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गत वर्ष पक्राउ गरी अनुसन्धान गरेको थियो। जसमा उनी दोषी ठहर भएका हुन्। सांसद विकास कोषको रकमबाट उनले ३७ प्रतिशतसम्म कमिसन लिएको खुलेको थियो। त्यस्तो कमिसन उनको खातामै बरामद भएको थियो।

सिंह महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ४(ख) बाट निर्वाचित सांसद हुन्। सिंह जनता समाजवादी पार्टी नेपालका नेता हुन्। साभारःनयाँपत्रिका

Related posts

बारामा लोसपाद्वारा १३ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

MadhesKhabar

मुख्यमन्त्री राउत फेरि निर्वाचित, काँग्रेसका कुर्मी १३३३ मतले पराजित

MadhesKhabar

जसपाका प्रदेश सांसद कौशल यादव लोसपामा प्रवेश

MadhesKhabar

Leave a Comment