Madhes Khabar
मधेस प्रदेश

ट्याक्टरले च्यापिएर बाराका महत्ताेकाे मृत्युु

सर्लाही,५फाल्गुन:सर्लाहीको बरहथवा नगरपालिका–९ मूर्तिया जङ्गलस्थित सोल्टीमोडमा शनिबार ट्याक्टर पल्टिँदा च्यापिएर त्यही ट्याक्टरका चालकको मृत्यु भएको छ ।

बरहथवाबाट आलु लोड गरी नयाँरोडतर्फ आउँदै गरेको ना २ त ७५२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक बाराको पचरौता नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय भुवन महतोको मृत्यु भएको हो ।

सडकमा हिँडेका यात्रीले ट्याक्टर पल्टिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्काल इलाका प्रहरी कार्यालय मूर्तियाबाट खटिएको प्रहरी टोलीले चालक महतोलाई उद्धार गरी ह्याप्पी अस्पताल बरहथवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

Related posts

सर्लाहीका कांग्रेस सभापति भ्रष्टचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर

MadhesKhabar

मिटरब्याजीलाई कारबाही हुन थालेपछि मधेसका गाउँमा ऋण पाउनै गाह्रो

MadhesKhabar

धनुषामा विष सेवनबाट एकै घरका ३ बालबालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

MadhesKhabar

Leave a Comment