वीरगन्ज,२३पुष: यहि जनवरी २२ तारिख अर्थात माघ ८ गते भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटनका दिन पर्सामा पनि टाेल टाेलमा दीप प्रज्वलन गरी मनाउन हिन्दु स्वंयसेवक संघ पर्साले अपिल गरेकाे छ।
भगवान् श्री रामको जन्मभूमिमा निर्माण भइरहेको नयाँ मन्दिरको गर्भगृहमा भगवान् श्री रामको बाल स्वरूपको नयाँ मूर्तिको प्राण-प्रतिष्ठा गरिने भएकोले पर्साका सनातन राम भक्तजनहरुलाइ हिन्दु स्वंयसेवक संघ पर्साले घर घरमा पुगेर आमन्त्रण पत्र मार्फत उपस्थित हुन अपिलपनि गर्ने जनाएको छ।
राम मन्दिरकाे उद्घाटनका दिन अयोध्यामा अभूतपूर्व आनन्दको वातावरण बनाउन पर्साका सम्पूर्ण सनातनहरुलाई आफ्नो गाउँ,टोल बस्तीहरुमा जम्मा भइ कार्यक्रमलाई भब्य र सभ्य बनाउन रामभक्तजनहरुलाई संघले अपिल गरेको हो।त्यसदिन आ आफ्नो घर आँगन तथा टोलमा रहेको प्रत्येक मन्दिरमा सत्सङ्ग गरिने भएकोले रामभक्तहरूलाई भेला गरी, भजन-कीर्तन, टेलिभिजन वा पर्दा स्क्रिन हाल्ने, समाजलाई अयोध्याको प्राण-प्रतिष्ठा समारोह देखाउने, शंख बजाउने, घण्टी बजाउने, आरती गर्ने, प्रसाद वितरण गर्ने कार्यक्रम समेत रहेको हिन्दु स्वयंसेवक संघका प्रचारक कृष्ण चौरसियाले जानकारी दिए ।
कार्यक्रमको ढाँचा मन्दिर केन्द्रित हुने भएकोले आ आफ्नो टाेलका मन्दिरमा भजन-कीर्तन-आरती गर्न ,सामूहिक रूपमा विजय महामन्त्र जय श्री राम जय राम जय जय राम १०८ पटक जप गर्न तथा सामूहिक रूपमा हनुमान चालिसा पाठ गर्नपनि संघले अनुरोध गरेको छ।

