Madhes Khabar
कृषि

सखुवा प्रसाैनीमा किसानहरुका लागि व्यवसायिक माछापालन तालिम सञ्चालन

वीरगन्ज,२०पुष:पर्साको सखुवाप्रसौनी गाउँपालिकाका माछा पालक किसानहरुलाई तालिम दिइएकाे छ।गाँउपालिककाे पशु शाखाले आयाृजना गरेकाे तालिममा ३० जना किसानले व्यवसायिक माछा पालन सम्बन्धि तालिम लिएका हुन्।

वडा नम्बर २ स्थित दिपनरायण उच्च माध्यमिक विद्यालयको सभाहलमा आयाेजित एकदिने तालिममा सहभागी किसानहरुलाई माछाका प्रजाति , माछामा लाग्ने राेग , माछा पालनकाे तरिका,यसबाट हुने फाइदा लगायतका बारेमा पशु सेवा कार्यालय पर्साका प्रमुख राज कुमार साहले जानकारी गराएकाे गाँउपालिकाकाे पशु शाखाका सह-प्रमुख राेशन कँडेलले जानकारी गराए।

यसअघि तालिमको उद्घाटन गर्दै गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले पालिकाका किसानहरुलाई व्यवसायिक माछापालन तर्फ लाग्न आग्रह गरे।माछापालनमा मनग्य आम्दानी हुने र यसमा लाग्ने किसानकाे आर्थिक जिवनस्तरमा सुधार ल्याउने भएकाले तालिमकाे आयाेजना गरिएको उनले बताए।

 

वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारुको अध्यक्षतामा भएको हो।तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियार,वडा नम्बर ३ का वडाध्यक्ष मोजामिल अन्सारी,समाजिक विकास शाखा प्रमुख विनोद यादव,पशु शाखा प्रमुख अमित कुशुवाहा लगायत को उपस्थिति रहेको थियो।

Related posts

पानी नपर्दा ब्याडमै सुक्न थाल्यो धानको बीउ

MadhesKhabar

वीरगन्ज नाका हुदैं एक सातामा भित्रियो १५ हजार मेट्रिक टन युरिया मल

MadhesKhabar

वीरगन्जको खाद्य गुणस्तर तथा व्यापार कम्पनीमा किसानहरुद्धारा तालाबन्दी

MadhesKhabar

Leave a Comment