रौतहट,१९पुष :रौतहटमा व्यापारीलाई धम्काएर लाखौ रकम माग गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको फतुवा विजयपुर नगरपालिका–८ का ३४ वर्षीय भैयाराम साह पक्राउ परेका हुन्।
पक्राउ परेका उनलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार साहले व्यापारीलाई १० देखि १८ गतेसम्म फोन गरेर पाँच लाखदेखि ५० लाखसम्म माग गरेका थिए।
रकम नदिए परिवारका सबै सदस्यलाई मारिदिने धम्की दिएका प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताइन्। उनका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ।साभारः अन्नपूर्ण पोष्ट

