Madhes Khabar
खेलकुद

भारतसँगको दोस्रो टेस्टमा दक्षिण अफ्रिका ५५ रनमै अल आउट

काठमाडौं,१८पुषः भारतसँगको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा दक्षिण अफ्रिका ५५ रनमै अल आउट भएको छ ।

दक्षिण अफ्रिकाको केपटाउनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका बुधबार पहिलो दिनको खाना समयअघि नै ५५ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका केल भेरेनेले सर्वाधिक १५ रन बनाए । यस्तै यस्तै डेभिड बेडिङघमले १२ रन जोडे । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट लिए । यस्तै जसप्रीत बुमराह र मुकेश कुमारले समान २ विकेट लिए ।भारतले पहिलो इनिङ्सको ब्याटिङ थालेको छ । २ खेलको शृङ्खलामा दक्षिण अफ्रिका १–० ले अघि छ ।

Related posts

पाेर्चुगललाई हराउदै माेरक्काे विश्वकप फुटबलको सेमिफाइनलमा

MadhesKhabar

उपाधिका लागि नेपालले आज ओमानसँग खेल्दै

MadhesKhabar

उदय मेमाेरियल क्रिकेटकाे उपाधि नृसिंह माविलाई

MadhesKhabar

Leave a Comment