Madhes Khabar
खेलकुद

पाेर्चुगललाई हराउदै माेरक्काे विश्वकप फुटबलको सेमिफाइनलमा

वीरगन्ज ,२४ मंसिर : फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।

कतारकाेअल थुमामा रंगशालामा शनिबार राित भएकाे खेलमा पाेर्चुगललाई १-० ले हराउदै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

खेलको ४२ औं मिनेटमा मोरक्कोका लागि सुरुवाती युसुफ एन नेसरीले हेडरमार्फत गरेकाे गोल नै निर्णायक बनेकाे हाे । नेसरीले याह्या अतिया अल्लाहको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । गोलरक्षक डिओगो कोस्टा र डिफेन्डर रुवेन डियासभन्दा अघि उफ्रेर उनले बललाई पोस्टको दिशा दिएका थिए ।

यस जितसँगै मोरक्कोले सेमिफाइनलमा शनिबार नै राति फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।

Related posts

नेपाल सम्मिलित त्रिदेशीय टी–२० सिरिजको उपाधि क्यानाडाले जित्यो

MadhesKhabar

पर्साकाे पुरुष र महिला दुवै टिम कबड्डी प्रतियोगिताकाे फाइनलमा

MadhesKhabar

भारतले अस्ट्रेलियालाई दियो ५३४ रनको लक्ष्य, टेस्ट क्रिकेटमा कोहलीको ३० औं शतक

MadhesKhabar

Leave a Comment