Madhes Khabar
सुदूरपश्चिम प्रदेश

कारकाे ठक्करबाट दुई जनाकाे मृत्युु

बाँके,१६पुष:बाँकेको नेपालगन्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै आइतबार राति ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ । अर्का मृतक पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । दुवै जनाको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक सुवेदीका अनुसार उक्त घटनामा नेपालगञ्ज–१३ की सहाना शाह घाइते भएकी छिन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।साभार:ईकान्तिपुरबाट

Related posts

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

प्रधानमन्त्री देउवाकै वडामा काँग्रेसद्धारा निर्वाचन बहिष्कार

MadhesKhabar

नक्कली नोट र अफिमको कारोबार गर्ने पत्रकारसहित ५ जना पक्राउ

MadhesKhabar

Leave a Comment