Madhes Khabar
खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेटमा मधेसको दोस्रो जीत

काठमाडौं,१२पुष: काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशले दोस्रो जीत हात पारेको छ ।

बिहीबार भएकाे खेलमा मधेसले लुम्बिनी प्रदेशलाई ८ विकेटले हराएकाे हाे । प्रतियोगितामा यो मधेसकाे दाेस्राे जीत हो ।

मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा जितका लागि पाएको ९७ रनको सामान्य लक्ष्य मधेसले १८.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

मधेसका लागि ओपनर ब्याटर पुजा महतोले सर्वाधिक ६० रन बनाइन् । उनले ५९ बलमा ५ चौका प्रहार गरिन् । अनुराधा चौधरीले १७ र सरस्वतीकुमारी चौधरी १२ रनमा अविजित रहिन् ।

बलिङतर्फ लुम्बिनीका लागि सरस्वती पुन र कमला जीएमले समान १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

लुम्बिनीका लागि ओपनर ब्याटर लक्ष्मी चौधरीले ६४ रनको अविजित पारी खेलिन् । उनले ६४ बलमा ८ चौका र २ छक्का प्रहार गरिन् । सरस्वती जीएमले १० रन बनाइन् भने अन्य कुनैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधेसका लागि साक्षी यादवले सर्वाधिक २ विकेट लिएइन् । पुजा महतो, आरती महतो र कविता गौतमले १/१ विकेट लिए ।

यो नतिजापछि मधेस र लुम्बिनीको समान ६ खेलबाट ४ अंक भएको छ । रनरेटमा लुम्बिनी पाँचौ र मधेस छैटौं स्थानमा छन् । यी दुवैको शीर्ष ४ मा पर्दै प्लेअफमा पुग्ने गणितीय संभावना कायमै छ ।

Related posts

चोटका कारण ब्राजिलका दुई खेलाडी विश्वकपबाट बाहिर

MadhesKhabar

भारतकी देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमकाे सल्लाहकार प्रशिक्षकमा नियुक्त

MadhesKhabar

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका बन्यो वर्ल्ड टेस्ट क्रिकेट च्याम्पियन

MadhesKhabar

Leave a Comment