Madhes Khabar
मधेस प्रदेश

आरती साहका पति माेतीबाबु पक्राउ

जनकपुरधाम,९पुष:आरती साह मृत्यु प्रकरणमा साहका पति मोतीबाबु साह पक्राउ परेका छन्। प्रहरीले साहका पति मोतीबाबुलाई साेमबार बिहान जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो।

धनुषाका प्रहरी निरीक्षक उपेन्द्र खरेलले मोतीबाबुलाई जनकपुधाम वडा नम्बर १ मा रहेको सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरिएको बताए। उनले पक्राउ परेका मोतीबाबुलाई सार्वजनिक विदा पछि अदालतमा पेश गरिने पनि बताए।

गत मङ्सिर २० गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आरतीका पति माेतीबाबुलाई थुनामा पठाउने आदेश दिएको थियो।

आरती गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन्।

आरतीले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीलाई खबर गरेका थिए भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएका थिए। माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो।

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिलकाे कार्यालय धनुषाले गत असार १ मा धनुषा जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो। थुनछेक बहसपछि असार ५ मा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो।

उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले मङ्सिर २० मा सुनुवाइ गरेको थियो। सुनुवाइपछि ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने उच्च अदालतको आदेश सदर गरेको छ भने पति मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको थियो।

सर्वोच्चको आदेश अनुसार आरतीका पति माेतीबाबुलाई साेमबार पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।

छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, भई मामा लगायत करिब तीनमहिनादेखि काठमाडौंको माइतीघरमण्डलमा धर्ना दिँदै आएका थिए।

आरती र मोतीबाबुबीच २०७७ असार २९ मा विवाह भएको थियो। दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको आरोप छ।साभार:नागरिक

Related posts

रौतहटको गढीमाइमा कांग्रेस विजयी

MadhesKhabar

मधेस प्रदेश सरकारमा लोसपा पनि सहभागी हुदै, पर्साका रमेश कुर्मी वनमन्त्री बन्दै

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment