Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा बाघकाे आक्रमणबाट एक युवककाे मृत्युु

प्रमाेद यादव

पर्सा,९पुष: पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर २ थरकट्टीमा बाघकाे आक्रमणबाट एक युवककाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा थरकट्टी गाँउका बाबुलाल महताे उराँवका छाेरा २० वर्षिय मनाेज महताे उराँव रहेका छन् ।

सब डिभिजन वन कार्यालय रंगपुरका रेञ्जर कपिलदेव यादवका अनुसार,जंगलसंग जाेडिएकाे थरकट्टी गाँउका मनाेज आइतबार बेलुकी शाैच गर्न खेत तिर गएका थिए।राति अबेरसम्म घर नफर्किएका मनाेजलाई खाेज्न छिमेकी र गाँउलेहरुले साेमबार बिहान खेत तिर जाँदा खेत नजिकैकाे जंगलमा बाघले मारेर खाएकाे अवस्थामा मनाेजका शरीरका अंगहरु भेटिएको रेञ्जर यादवले जानकारी दिए।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले थरकट्टी गाँउमा बाघले मान्छे मारेकाे खबर प्रहरीलाई आएपछि अनुसन्धानका लागि प्रहरीको टाेली घटनास्थलमा पुगेकाे बताए।

Related posts

मधेस प्रदेशका १ लाख ८१ हजार श्रमिकहरु वैदेशिक रोजगारीमा

MadhesKhabar

१९ वर्ष अघि भएको गौर हत्याकाण्डको अनुसन्धान सुरु, तीनपुस्ते खोज्दै प्रहरी

MadhesKhabar

वीरगन्जमा हैजा प्रकोप : काठमाडौंको ल्याबमा गरिएको कल्चर टेष्टमा पनि हैजाको संक्रमण पुष्टि

MadhesKhabar

Leave a Comment