Madhes Khabar
राजनीति

जसपाको मधेस प्रदेश समिति भंग, पुर्नगठनको सम्पूर्ण जिम्मा उपेन्द्र यादवलाई

वीरगन्ज,७पुषः जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समिति भंग गरी पुनः गठनको सम्पूर्ण अधिकार केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

जसपाको मधेस प्रदेश कार्य समितिको शुक्रवार बसेको बैठकले जसपाको विधान २०८० अनुसार पार्टीको मधेस प्रदेश समिति पुनः गठनको लागि सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको हो।

अध्यक्ष यादवको नेतृत्वमा गठित प्रदेश समिति पुनः गठन समितिमा मधेस प्रदेश इञ्चार्ज मृगेन्द्र यादव तथा सह इन्चार्जहरु आत्माराम साह, उर्मिला साह र सांसद दीपक कार्कीलाई सदस्य राखिएको छ । वर्तमान ७७ सदस्य रहेको मधेस प्रदेश कार्य समितिलाई ५१ सदस्य तथा १५ जना पदाधिकारी रहेकोमा त्यसलाई ९ मा झार्नेगरि पार्टीको प्रदेश समिति पुनः गठन गर्न लागिएको बताइएको छ । त्यसैगरि, ७ जना उपाध्यक्ष रहेकोमा अब गठन हुने कार्यसमितिमा ३ तथा सचिव ५ जना रहेकोमा अब ३ जना मात्र रहने बताइएको छ ।

 

त्यसैगरि, अब गठन हुने मधेस प्रदेश कार्य समितिमा एक अध्यक्ष, ३ उपाध्यक्ष, १ प्रमुख सचिव, ३ सचिव र १ कोषाध्यक्ष गरी समितिमा ९ जना मात्रै पदाधिकारी सहित ५१ सदस्य रहने प्रदेश कमिटीका एक सदस्यले बताए । पार्टीको नयाँ बिधानको अनुच्छेद ८ को धारा १४६ अनुसार नयाँ कार्य समिति गठन गर्न लागेको उनले बताए ।

 

Related posts

झापा–५ मा केपी ओलीलाई ५० हजार मतले हराएका बालेन शाहको चुनाव खर्च १४ लाख मात्रै

MadhesKhabar

नारायणी अस्पताललाई मेडिकल कलेज बनाउने पनि मेरो एजेण्डा हो – प्रदीप यादव

MadhesKhabar

करौडौं भ्रष्टाचार गरेर मधेसलाई लुटेनेलाई कडा जवाफ दिन सर्राफको अपिल

MadhesKhabar

Leave a Comment