Madhes Khabar
स्थानिय

तस्करी गरि ल्याइएको ४२ सय भारतीय चल्ला वीरगन्जको जगरनाथपुरबाट बरामद

वीरगन्ज,२०मंसिरः वीरगन्जको जगरनाथपुरबाट प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय चल्ला ठूलो परिमाणमा बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा ल्याइएको ४ हजार २ सय वटा भारतीय कुखुराको चल्ला प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरबाट मंगलबार राति बरामद गरेको हो ।

भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा लोड गरि ल्याइएको ४२ कार्टुन चल्ला प्रहरीले बरामद गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । उनका अनुसार , प्रहरीको टोलली देख्नासाथ तस्करहरु चल्लासहितको मोटरसाइकल छाडेर भागेकाले तस्करहरुलाई भने प्रहरीले पक्राउ गर्न सकेन ।

बरामद चल्ला पशु क्वारेन्टाइन चेकपोष्ट सिर्सियाको जिम्मा लगाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

अतिक्रमण गरी बनाइएका संरचनामा वीरगन्ज महानगरले फेरि चलायाे डाेजर

MadhesKhabar

वीरगन्जमा जनमत पार्टीद्वारा निःशुल्क विरुवा वितरण अभियान सुरु

MadhesKhabar

पर्साका सबै सरकारी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्न सीडीओ कार्यालयको निर्देशन

MadhesKhabar

Leave a Comment