वीरगन्ज,३भदौं :वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा जनमत पार्टीले वृक्षारोपणका लागि निःशुल्क विरुवा वितरण अभियान सुरु गरेको छ ।गाँउघरमा हरियाली बढाउन तथा रुखविरुवाको संरक्षणमा समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यले डिभिजन वन कार्यालय र वडा कार्यालयको समन्वयमा जनमत पार्टीले वृक्षारोपणका लागि मंगलबारदेखि विरुवा वितरण अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत पहिलो दिन मंगलबार नगवा र इनर्वामा गुलमोहर,अमला,अम्बा लगायतका प्रजातिका करिब ५ हजार विरुवाहरु समुदायलाई निःशुल्क वितरण गरिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र प्रदूषण न्यूनीकरणमा योगदान पु¥याउने लक्ष्य लिइएको अध्यक्ष सर्राफले बताए । उनले वातावरणीय सन्तुलन कायम राख्न रुख बिरुवा रोप्ने मात्र नभई त्यसको संरक्षणमा पनि सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिए ।
विरुवा वितरण कार्यक्रममा वन पैदावर आपूर्ति समितिका अध्यक्ष श्याम शंकर चौरसिया, जनमत पार्टीका केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, क्षेत्रीय संयोजक डा. मनोज सरार्फ,प्रदेश सदस्य शिव यादव ,जिल्ला सदस्य सहनवाज राँकी,युवा वरिष्ठ उपाध्यक्ष धिरेन्द्र पन्जियार, कोषाध्यक्ष सिकेन्द्र राम, महानगर युवा संयोजक संजय सिह, महानगर सचिव लोकेश कर्ण ,युवा नेता संजय सरार्फ लगायतकाको पनि सहभागीता रहेको थियो।

