Madhes Khabar
मधेस प्रदेश

सिरहामा दुई वटा मोटरसाइकल ठोक्किदा तीन युवकको मृत्यु

सांकेतिक तस्बिर ।

सिरहा,७मंसिरः सिरहामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा बुधबार बेलुकी सवा ७ बजे स २ प ४५३१ नम्बरको मोटरसाइकल र प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

दुर्घटनामा परी मृत्यु हुनेमा सिरहाकै अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेका छन्।

दुर्घटनामा अर्नामा गाउँपालिका–५ कै १५ वर्षीय युवराजकुमार यादव गम्भीर घाइते भएका छन्। प्रादेशिक अस्पताल सिरहामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए ।

Related posts

मधेस प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य

MadhesKhabar

मधेसमा पानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोत साधन परिचालन गर्ने :मुख्यमन्त्री सिंह

MadhesKhabar

महाेत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

MadhesKhabar

Leave a Comment