Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौं,२५माघ:मधेस र काेशी प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले यी दुवै प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा नवीकरण गर्ने सवारी साधनमा १ फागुनदेखि इम्बोस्ड नम्बर प्लेट लागु गरिएको जानकारी दिएको छ । अन्य प्रदेश कार्यालयमा भने यसअघि नै यो व्यवस्था लागु भइसकेको छ ।

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै कोशी र मधेस प्रदेशका लागि नयाँ सवारी दर्ता र सवारी नामसारीमा १ फागुन २०८० बाट इम्बोस्ड नम्बर लागु हुने जानकारी गराएको हो ।

सवारी दर्ता प्रमाणपत्र नवीकरणको हकमा भने १ जेठ २०८१ बाट यो नियम लागु हुने भएको छ ।सार्वजनिक सवारी, पर्यटक सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारी साधनमा इम्बोस्ड नम्बर लागु हुने मन्त्रालयले जनाएको छ ।

यस्ता सवारी साधनका धनीले तोकिएको मिति अगाडि नै इम्बोस्ड नम्बर लगाउन चाहेमा भने यातायात कार्यालयले त्यसको अनुमति दिन सक्ने समेत मन्त्रालयले जनाएको छ ।

नम्बरमा प्रदेशको नाम राख्नु पर्ने र यसअघि कोशी र मधेस प्रदेशको नामाकरण नहुँदा सुरुवातमा दुई प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य गरिएको थिएन ।साभार:अनलाइनखबरबाट

Related posts

झलनाथ खनालको सर्प पाल्ने प्रतिष्ठानमा भ्रष्टाचार, मधेसका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

MadhesKhabar

राष्ट्रियसभामा मधेसबाट कांग्रेसका ढुङ्गाना र जसपाकी चाैधरी विजयी

MadhesKhabar

मधेस चिनाउँदै ‘झिंझिया’

MadhesKhabar

Leave a Comment