
धनकुटा,७मंसिरः धनकुटा नगरपालिका–१ निगालेमा बुधबारराति एकै घरका तीन जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेको प्रहरीले जनाएको छ।
टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।
६ वर्षकी छोरी आशिका भने सकुशल छिन् । उनलाई बाबू टीकाले राति नै छिमेकीको घरमा पु¥याएपछि घटना गराएको देखिएको प्रहरीको भनाइ छ। घटनास्थलमा पुगेर प्रहरीले घटनाको मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।साभारः ईकान्तिपुरबाट

