Madhes Khabar
पर्यटन

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँने प्रकृया सरकारले सुरु गरिसकेको छ : मन्त्री किराँती

चितवन,२७कार्तिक: संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रकृृया सरकारले सुरु गरेको बताएका छन् ।

चितवनको भरतपुरमा सोमबार बिहान पत्रकारसँग कुरा गर्दै मन्त्री किराँतीले विमानस्थलका बारेमा भएका अवरोध र समस्याहरु कम हुँदै गएपछि सरकारले निर्माणको प्रकृया अगाडि बढाएको बताए ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै अलपत्र भैरहेको बेला बाराबाे निजगढमा थप अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो भन्ने पत्रकारको जिज्ञासामा मन्त्री किराँतीले काठमाडौंको एयर ट्राफिक जामलाई कम गर्नका लागि पनि बाराकाे निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताए । उनले बाराकाे निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएकै कारण फास्ट ट्र्याक निर्माण थालिएको बताए।साभार:अनलाइनखबरबाट

Related posts

नेपाल आउने भारतीय पर्यटकको सहजताका लागि वीरगन्ज नाकामा एकिकृत सुरक्षा बीट बनाउँदै महानगर

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

मधेस प्रदेशलाइ पर्यटनको हब बनाउछु : वन मन्त्री यादव

MadhesKhabar

Leave a Comment