Madhes Khabar
पर्यटन

मधेस प्रदेशलाइ पर्यटनको हब बनाउछु : वन मन्त्री यादव

मधेसखबर
वीरगन्ज,०३साउन : संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले मधेस प्रदेशलाइ हरित प्रदेश बनाउदै पर्यटनको हब बनाउने बताएका छन् ।

मङगलबार मन्त्रालयमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसंग छलफल गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

आफनो मन्त्रालयमा मुख्यमन्त्री राउतलाइ स्वागत गर्दै मन्त्री यादवले मधेस प्रदेशलाई हरित प्रदेश बनाउँदै यहाँका वनजङ्गलसँग भएका असंख्य सम्भावनालाई प्रयोग गर्दै प्रदेशलाइ समृद्ध बनाउने बताए ।

मधेस प्रदेशको वातावरणलाई सफा बनाउँनुका साथै पर्यटनको हब बनाउन वन तथा वातावरण मन्त्रालय र मधेश प्रदेश सरकारले सहकार्य गर्न विषयमा पनि मुख्यमन्त्री राउतसंग गम्भीर छलफल भएको मन्त्री यादवले जानकारी दिए ।

त्यस अवसरमा मुख्यमन्त्री राउतले पनि मन्त्री यादवको योजनालाइ साकार पार्न प्रदेश सरकार र आफु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए ।

Related posts

पर्सागढीमा २०८ औँ वर्ष विजय महोत्सवको आयोजना

MadhesKhabar

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँने प्रकृया सरकारले सुरु गरिसकेको छ : मन्त्री किराँती

MadhesKhabar

होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिन सरकारसंग माग

MadhesKhabar

Leave a Comment