Madhes Khabar
गण्डकी प्रदेश

पूर्वी नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं,२६कार्तिकः पूर्वी नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।एक जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ जाँदै रेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ स्थित एसमोडमा आइतबार बिहान दुर्घटना भएको हो ।

जिपमा ७ जना सवार थिए । एकजना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । मृतकको सनाखत भइनसकेको प्रहरी नायब उपरक्षिक पौडेलले बताए ।

 

Related posts

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

बसभित्रै ७३ वर्षिया वृद्धामाथि सामुहिक बलात्कार

MadhesKhabar

Leave a Comment