वीरगन्ज,२४कार्तिक : वीरगन्जमा प्रहरीले बरामद गरेको पटाका र पटाकाजन्य पदार्थहरु खाल्डोमा पुरेर नष्ट गरेको छ । वीरगन्जको विभिन्न स्थानबाट बरामद गरिएका पटाका र पटाकाजन्य विस्फोटक पदार्थहरू शुक्रबार प्रहरीले नष्ट गरेको हो ।
शुक्रवार जिल्ला प्रहरी कार्यालय पर्सा पछाडि रहेको पोखरीको डिलमा खाल्डो खनेर विभिन्न मितिमा विभिन्न स्थानका प्रहरी युनिटहरूले पक्राउ गरेको पटाका, आतिशबाजी र विस्फोटक पदार्थहरू नष्ट गरिएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
थापाका अनुसार नष्ट गरिएको पटाकालगायतका सामग्रीको बजार मूल्य झन्डै आठ लाख रुपैयाँ रहेको छ ।चाडपर्व लक्षित सुरक्षा योजना अनुरूप खटिएको प्रहरी टोलीले भारतबाट लुकाइ छिपाई ल्याइएको तथा वेवारिसे अवस्थामा समेत बरामद गरिएको पटाकालगायतका सामग्रीहरू नष्ट गरिएको थापाले बताए ।

