वीरगन्ज ,१३जेष्ठ : पर्सा ग्रामिण पत्रकार समाजले पर्सा जिल्लाकाे ग्रामीण भेगका सन्चारकर्मीहरुकाे क्षमता अभिवृद्धिका लागि तालिम आयाेजना गर्ने निर्णय गरेकाे छ ।
पटेर्वासुगाैली गाँउपालिका २ स्थित पर्यटकीयस्थल भुमरीमाई मन्दिरमा शनिबार बसेकाे समाजकाे बैठकले याे निर्णय गरेकाे समाजका उपाध्यक्ष प्रमाेद यादवले जानकारी गराए ।
यस्तै बैठकले संस्थालाई वैधानिक रुपमा सन्चालन गर्नकालागि जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने प्रकृया अगाडि बढाउने र त्यसकालागि समन्वय गर्ने जिम्मा उपाध्यक्ष यादव र सदस्य रामजी यादवलाई दिने निर्णयपनि गरेकाे छ । बैठकले ग्रामीण भेगका पालिका र प्रहरी कार्यालयबाट सुचना सहज रुपमा पाउने अवस्था नभएकाले त्यसकालागि ज्ञापनपत्र बुझाउने निर्णयपनि गरेकाे उपाध्यक्ष यादवले जानकारी दिए ।
पर्सा ग्रामीण पत्रकार समाज पर्साका अध्यक्ष धर्मेन्द्र चाैरसियाकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा पत्रकार महासंघ पर्साका काेषाध्यक्ष सन्जिव मिश्रा, सदस्य तिवारी यादव, श्याम कुशवाहा लगायतकाेपनि उपस्थिति रहेकाे समाजका सचिव बलराम शुक्लाले जानकारी दिए ।

