Madhes Khabar
स्थानिय

जगरनाथपुरमा ज्येष्ठ नागरिकका लागि भवन बन्दै, पूर्वमन्त्री रिजालले गरे शिलान्यास

वीरगन्ज,२६चैत:पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर २ मा ज्येष्ठ नागरिकका लागि सामुदायिक भवन निर्माण गर्न थालिएकाे छ ।मधेस प्रदेश सरकारले दिएकाे २५ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गर्न थालिएको हाे।

साेमबार पूर्वमन्त्री तथा पर्सा क्षेत्र नम्बर ४ का सांसद रमेश रिजालले रैनीझैनी मन्दिर नजिकै निर्माण गर्न लागिएको उक्त भवनकाे शिलान्यास गरेका हुन् ।घरपरिवारबाट अपहेलित बृद्धबृद्धाहरुकाे लागि दुई वटा काेठा र शाैचालयसहितकाे सामुदायिक भवन निर्माण गर्न लागिएको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बताए ।बजेट अपुग भएमा गाँउपालिकाले त्यसको व्यवस्थापन गर्ने उनले बताए ।

यस्तै साेमबार नै पूर्वमन्त्री रिजालले वडा नम्बर २ मै ग्राभेल सडककाेपनि शिलान्यास गरेका छन् ।गण्डक नहरदेखि मठ सम्म करिब पाँच सय मिटर ग्राभेल सडक २० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हाे ।उक्त बजेटपनि प्रदेश सरकारले नै उपलब्ध गराएकाे हाे।

शिलान्यास कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वडाध्यक्षहरु सुभाष यादव र लक्ष्मी साह,कांग्रेस नेता सुरेन्द्र क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

Related posts

पटेर्वा सुगौलीमा विकासनिर्माणसंगै समाज सशक्तिकरणपनि प्राथमिकतामा राखेको छु : अध्यक्ष चौधरी

MadhesKhabar

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगको लापरवाहीले एक बालकको मृत्यु,उद्योग अगाडि शव राखेर प्रदर्शन

MadhesKhabar

ठोरीमा पनि राष्ट्रिय भूमि आयोगको अभिमुखीकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment