Madhes Khabar
खेलकुद

इन्दु बर्मा बनिन् राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ कप्तान

काठमाडौं,२३कार्तिक : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्मालाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो।

यसअघि राष्ट्रिय महिला टोलीको कप्तानी रुविना क्षेत्रीले गर्दै आएकी थिइन्।रुविना टिममा परे पनि हङकङमा आयोजना हुने टी–२० सिरिजको कप्तानी इन्दुले गर्ने क्यानले जानकारी दिएको छ।

त्यस्तै टोलीमा उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता राना मगर, अश्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कन्चन श्रेष्ठ, सोमु बिष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन्।

हङकङको आयोजनामा नोभेम्बर १५ देखि १९ सम्म हुने चार देशीय टी–२० सिरिज खेल्न टोली त्यसतर्फ प्रस्थान गर्नेछ। साभारः अन्नपूर्णपोष्टबाट

 

Related posts

भारतलाई हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा

MadhesKhabar

पाकिस्तानका बाबर आजमलाई पछि पार्दै भारतका शुभमन गिल वान डे वरीयताको शीर्ष स्थानमा

MadhesKhabar

यु–१९ विश्वकप क्रिकेट : न्युजील्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

MadhesKhabar

Leave a Comment