Madhes Khabar
खेलकुद

इन्दु बर्मा बनिन् राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ कप्तान

काठमाडौं,२३कार्तिक : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्मालाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो।

यसअघि राष्ट्रिय महिला टोलीको कप्तानी रुविना क्षेत्रीले गर्दै आएकी थिइन्।रुविना टिममा परे पनि हङकङमा आयोजना हुने टी–२० सिरिजको कप्तानी इन्दुले गर्ने क्यानले जानकारी दिएको छ।

त्यस्तै टोलीमा उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता राना मगर, अश्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कन्चन श्रेष्ठ, सोमु बिष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन्।

हङकङको आयोजनामा नोभेम्बर १५ देखि १९ सम्म हुने चार देशीय टी–२० सिरिज खेल्न टोली त्यसतर्फ प्रस्थान गर्नेछ। साभारः अन्नपूर्णपोष्टबाट

 

Related posts

आईपीएल क्रिकेटमा आज गुजरात र बेंग्लाेर तथा चेन्नई र हैदराबाद खेल्दै

MadhesKhabar

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का

MadhesKhabar

मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ पर्सा विजयी

MadhesKhabar

Leave a Comment