Madhes Khabar
स्थानिय

सखुवा प्रसौनीका अध्यक्ष यादवले खोलाबाट नियन्त्रणमा लिए बालुवासहितको ट्याक्टर

वीरगन्ज,२२कार्तिकः पर्साको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी–बालुवा उत्खनन् गरी चोरी निकासी गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिएका छन् ।

सखुवा प्रसौनी गाउँ पालिका अन्तर्गत पर्ने जमुनिया खोलाबाट अबैध रुपमा गिट्टी–बालुवा उत्खनन् भइरहेको गुनासो आएपछि अनुगमनमा निस्किएका अध्यक्ष यादवले खोलाबाटै एउटा ट्याक्टर नियन्त्रणमा लिएका हुन् ।

अध्यक्ष यादव अनुगमनमा पुग्दा खोलाबाट अवैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा भेटिएको ट्याक्टर उनले नियन्त्रणमा लिएर प्रहरी चौकी रंगपुरलाई बुझाएका छन् ।

अध्यक्ष यादवले नियन्त्रणमा लिएको उक्त ट्याक्टर अहिले प्रहरी चौकीमै राखिएको छ । बालुवा सहितको उक्त ट्याक्टरलाई गाँउपालिका कार्यालयमा १० हजार रुपैयाँ जरिवाना तिराएर छोडिने गाँउपालिका अध्यक्ष यादवले जानकारी दिए।

Related posts

वीरगन्जमा प्रदर्शन जारी,लगातार अश्रुग्यास प्रहार,कर्फ्यु लम्ब्याइयाे

MadhesKhabar

पर्सामा ९ महिनामा सवारी दुर्घटनामा परी ३९ को मृत्यु,सबैभन्दा बढी मोटरसाइकल दुर्घटना

MadhesKhabar

वीरगन्जको आदर्शनगर रंगशालामा खेल्न गएका बेला एक बालककाे मृत्युु

MadhesKhabar

Leave a Comment