Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा ९ महिनामा सवारी दुर्घटनामा परी ३९ को मृत्यु,सबैभन्दा बढी मोटरसाइकल दुर्घटना

फाइल तस्बिर ।

वीरगन्ज,१३बैशाखःपर्सामा ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् ।चालु आर्थिक बर्ष २०८०/०८१ को साउनदेखि गत चैत महिनासम्म ९ महिनाको अवधिमा जिल्लाका विभिन्नस्थानमा भएका ५ सय २९ वटा सवारी दुर्घटनामा ३९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो अवधिमा सबै भन्दा बढी ३ सय ७४ वटा मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । यस्तै ९ महिनामा भएका सवारी दुर्घटनामा ५२६ जना घाइतेपनि भएका छन् । तीमध्ये गम्भीर घाइते ६५ जना र सामान्य घाइते ४६१ जना रहेको खतिवडाले जानकारी दिए।

यस्तै उक्त ९ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनलाई गरिउको कारबाहीबाट १ करोड ८७ लाख भन्दा बढी राजश्व संकलनपनि भएको खतिवडाले बताए ।

उनका अनुसार, ९ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका १८ हजार ४ सय ८२ सवारी साधन कारबाहीमा परेको र जरीबाना बापत १ करोड ८७ लाख ७९ हजार ७ सय ५६ रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । कारबाहीमा पर्ने सवारीसाधन मध्ये सबैभन्दा बढी ८ हजार ३ सय २० वटा मोटरसाइकल रहेकोपनि उनले बताए ।

Related posts

वीरगन्जको कोनियामा किसानलाई कृषि उपकरण वितरण

MadhesKhabar

वीरगन्जको पानीटङ्कीस्थित एक घरबाट लाखाैंकाे मालसामान चाेरी

MadhesKhabar

नागरिकता लिन पर्सामा सेवाग्राहीको भिड, पहिलोदिन लिए १२१ जनाले नागरिकता

MadhesKhabar

Leave a Comment