Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा ९ महिनामा सवारी दुर्घटनामा परी ३९ को मृत्यु,सबैभन्दा बढी मोटरसाइकल दुर्घटना

फाइल तस्बिर ।

वीरगन्ज,१३बैशाखःपर्सामा ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् ।चालु आर्थिक बर्ष २०८०/०८१ को साउनदेखि गत चैत महिनासम्म ९ महिनाको अवधिमा जिल्लाका विभिन्नस्थानमा भएका ५ सय २९ वटा सवारी दुर्घटनामा ३९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो अवधिमा सबै भन्दा बढी ३ सय ७४ वटा मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । यस्तै ९ महिनामा भएका सवारी दुर्घटनामा ५२६ जना घाइतेपनि भएका छन् । तीमध्ये गम्भीर घाइते ६५ जना र सामान्य घाइते ४६१ जना रहेको खतिवडाले जानकारी दिए।

यस्तै उक्त ९ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनलाई गरिउको कारबाहीबाट १ करोड ८७ लाख भन्दा बढी राजश्व संकलनपनि भएको खतिवडाले बताए ।

उनका अनुसार, ९ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका १८ हजार ४ सय ८२ सवारी साधन कारबाहीमा परेको र जरीबाना बापत १ करोड ८७ लाख ७९ हजार ७ सय ५६ रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । कारबाहीमा पर्ने सवारीसाधन मध्ये सबैभन्दा बढी ८ हजार ३ सय २० वटा मोटरसाइकल रहेकोपनि उनले बताए ।

Related posts

बजार चलायमान नहुदाँ वीरगन्जका दुवै भन्सार राजश्वको लक्ष्य भेट्याउन फेरि पनि असफल

MadhesKhabar

वर्षा नहुदाँ पर्सामा खेतहरु बाँझै ,रोपाईंका लागि आकाशे पानी कुर्दै किसानहरु

MadhesKhabar

वीरगन्जमा कांग्रेसले आयाेजना गरेकाे कार्यक्रममा १२ सय बढी मुस्लिम धर्मावलम्बीले गरे इफतारी

MadhesKhabar

Leave a Comment