Madhes Khabar
खेलकुद

वीरगन्ज गाेल्डकप फुटबलमा आज आर्मी र झापा भिड्दै

वीरगन्ज,२१कार्तिक : वीरगन्ज गोल्डकप फुटबलमा आज मंगलबार नकआउट चरणकाे अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफ.सी. बिच प्रतिस्पर्धा हुदैछ।

आदर्शनगर रंगशालामा यी दुईबिचकाे खेल दिउँसाे २.३० बजे सुरु हुने आयाेजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए।

यसअघि हिजाे साेमबार भएको खेलमा भारत काेलकताकाे क्लाइभ हाउस डमडमलाई ७-१ गाेलले सहजै पाखा लगाउँदै नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियाे।

 

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।

वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

Related posts

विश्वकप क्रिकेटमा फेरि अर्को उल्टाफेर : नेदरल्यान्डसंग दक्षिण अफ्रिका ३८ रनले पराजित

MadhesKhabar

वीरगन्ज–१० को वडास्तरीय क्रिकेट टुर्नामेन्टको फाइनलमा जनकपुर र बागमती

MadhesKhabar

अनिल र आसिफको अर्धशतकमा नेपालले हरायो वेस्ट इन्डिज ए लाई

MadhesKhabar

Leave a Comment