Madhes Khabar
राष्ट्रिय

नेपालमा गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

काठमाडौं,२०कार्तिकः सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए। आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको १०५ नम्बर बुँदामा भनिएको छ, ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ ।’

यो कार्यदललाई दुई वटा विषय ’म्यान्डेट’ दिइएको छ । कार्यदलले गाँजालाई औषधिका रूपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्यता अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ ।

मन्त्री महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो । कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थमन्त्री महतले निर्देशन दिएका छन् ।

 

Related posts

काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणका लागि १९ हजार रुख काट्न सरकारले दियो अनुमति

MadhesKhabar

तीर्थयात्री सवार बस र सुमो ठोक्किदा पाँच जनाको मृत्यु

MadhesKhabar

राम्रो चालचलन भएका कैदीले कात्तिक १ देखि जेलबाहिर बस्न पाउने

MadhesKhabar

Leave a Comment