वीरगन्ज,२०कार्तिकः वीरगञ्जबाट लागूऔषध ब्राउन सुगर र नाइट्रोभेट ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत बिहारको नकरदेहीका २७ वर्षीय भुलावन पटेल र बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ का ३१ वर्षीय सन्तोष महतो ररहेका छन् ।
भारतको रक्सौल्बाट पैदल आइरहेका पटेल र महतोलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा प्रहरीले रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट ४९.५२० मिलिग्राम ब्राउन सुगर र ९ सय पिस नाईट्रोभेट ट्याब्लेट बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखेर लागूऔषधसम्बन्धि कसुरमा मुद्दा दायर गरेर अनुसन्धान अगाडि बढाइएको थापाले बताए ।

