Madhes Khabar
खेलकुद

नेपालले टस जितेर ब्याटिङ रोज्यो


तस्बीरः क्यान

काठमाडौं,१९कार्तिकःआईसीसी टी–२० विश्व कप क्रिकेटको एसिया छनोटको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।
ओमानसँगको फाइनल खेल अहिले बिहान ११ बजदेखिे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

समूह ’ए’ मा रहेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए । लिग चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो । ओमानसँग ५ रनले पराजित बनेको नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुगेको हो ।

सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुनः ओमानसँग खेल्न लागेको हो । प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टोली अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी–२० विश्व कपमा छनोट भइसकेका छन् ।

Related posts

वीरगन्जमा जारी प्रधानमन्त्री कप क्रिकेटमा मधेसको जित

MadhesKhabar

वीरगन्जको खेलकुद र खेलाडीको विकासका लागि महानगर लागिपरेको छ : उपमेयर आलम

MadhesKhabar

नेपाल पाकिस्तानसंग पराजित

MadhesKhabar

Leave a Comment