Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जलाई फेरि फुटबलको उर्वर भूमी बनाउन महानगर सँधै सहयोग गर्न तयार छ : मेयर सिंह

वीरगन्ज, १८ कार्तिक: वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जमा खेलकुद क्षेत्रलाई चलायमान बनाउन महानर सँधै तयार रहेको बताएका छन् ।

वीरगन्जको आदर्शनगर रंगशालामा शनिबारदेखि सुरु प्रथम वीरगन्ज गाृल्डकप फुटबलको समुद्घाटन गर्दै मेयर सिंहले वीरगन्जलाई विगतको जस्तै फुटबलको उर्वर भूमी बनाउन सबैको साथको खाँचो रहेको बताए ।

वीरगन्जमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने गरि मैदनको पुन:निर्माण गरिएको भन्दै उनले नारायणी रंगशालाको क्रिकेट मैदानलाई पनि व्यवस्थित गर्न महानगर लागि परेको बताए ।

वैभव वीरगन्ज बनाउन आफुले थालेकाे अभियानमा वीरगन्जबासीका साथै यहाँका खेलाडीकाे साथपनिआवश्यक रहेकाे उनले बताए ।

आयाेजक भेट्रान सिटी क्लब वीरगन्जका अध्यक्ष सुबिन बस्नेतकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , प्रहरी नायब उपरीक्षक ध्रुब श्रेष्ठ ,वीरगन्ज १० का वडाध्यक्ष सुशिल साह ,वीरगन्ज २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, वीरगन्ज ५ का वडाध्यक्ष प्रदीप चाैरसिया, वीरगन्ज ४ का वडाध्यक्ष जगत साह कानु, जसपाका महानगर अध्यक्ष ईश्वरचन्द्र यादव लगायतको पनि सहभागीता थियाे।

Related posts

पर्सा ४ (ख ) को प्रदेशसभा सदस्यमा दोहोरिए कलवार

MadhesKhabar

मधेसका एक लाख ३९ हजारभन्दा बढी घरमा छैन शौचालय

MadhesKhabar

जगरनाथपुरको प्राथमिकतामा ‘वृक्षारोपण अभियान’ : फेरि १० बिघामा रोपियो १५ हजार बढी विरुवा

MadhesKhabar

Leave a Comment