Madhes Khabar
मधेस प्रदेश

मधेसमा हत्या हिंंसाको घटना बढ्यो, सबै भन्दा बढी बारा जिल्लामा हत्या

फाइल फोटो ।

महोत्तरी,१७कार्तिक : मधेस प्रदेशमा पछिल्लो समयमा हत्या हिंसाको घटना बढदै गएको छ । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा मधेस प्रदेशमा ३७ जनाको हत्या भएको छ ।

प्रेम सम्बन्ध, पारिवारिक र आर्थिक सम्बन्ध कारण भएको विवादका कारण साउनदेखि असोजसम्ममा ३७ जनाले ज्यान गुमाएका छन्। मधेश प्रदेश प्रहरीको तथ्यांकअनुसार यसअवधिमा सबैभन्दा बढी बारा जिल्लामा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सप्तरीमा ७, पर्सा र सर्लाहीमा ५/५ जना, धनुषा र रौतहटमा ४/४ जना तथा महोत्तरी र सिरहामा २/२ जनाको हत्या भएको प्रहरीको प्रतिवेदनले देखाएको छ।

यसअवधिमा समान्य विवाददेखि योजनावद्ध रुपमा हत्याको घटना भएको मधेश प्रदेशका प्रहरी कार्यालयका प्रवक्ता श्याम महतोले बताएका छन् । गत आर्थिक वर्ष २०७९÷८० मा १०६ जनाको हत्या भएको थियो । त्यस्तै आर्थिकबर्ष २०७८÷७९ मा ९६ जना र आर्थिक वर्ष २०७७÷७८ मा ९३ जनाको हत्या भएको प्रवक्ता महतोले जानकारी दिएका छन् ।साभारःअन्नपूर्णपोष्टबाट

 

Related posts

जनकपुरका काँग्रेस नगरसभापति साहले गरे विद्रोह – मेयरमा स्वतन्त्रबाट लड्ने घोषणा

MadhesKhabar

रौतहटमा करेन्ट लागेर दुई जना किसानको मृत्यु

MadhesKhabar

सार्वजनिक शाैचालयकाे सेफ्टी ट्यांकी सफा गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु

MadhesKhabar

Leave a Comment