Madhes Khabar
समाज

बिन्दवासिनीको इटियाहीमा आयोजित कार्यक्रममा २७ जनाले गरे रगत दान

वीरगन्ज,१५कार्तिक : पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ ठूलो इटियाहीमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्काउट निम्न माध्यमिक विद्यालयले अध्यक्ष जयप्रकाश चौरसियाको सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रगत दान गरेका छन् ।रक्तदान कार्यक्रममा विवेक चौरसिया, मुकेश चौरसिया लगायतकाले रगत दान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जले जनाएकोे छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षता तथा नेपाली कांग्रेस बिन्दवासिनी गाउँपालिकाका सभापति विवेक चौरसियाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, राजनीतिक दलका नेता , समाजसेवी लगायतको सहभागीता थियो ।

 

Related posts

अनियमित लोडसेडीगं विरुद्ध वीरगंजमा फेरी प्रर्दशन

MadhesKhabar

वरिष्ठ पत्रकार चौहनलाई काँग्रेसको केन्द्रिय प्रचार प्रसार समितिमा मनोनित

MadhesKhabar

वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा १०५ जनाले गरे रगतदान

MadhesKhabar

Leave a Comment