Madhes Khabar
अर्थतन्‍त्र

मरिच, केराउ र सुपारीको आयात खुला

काठमाडौं,३कार्तिक: सरकारले औद्योगिक प्रयोजनका लागि मरिच, केराउ र सुपारीको आयात खुुला गरेको छ ।

बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ का लागि यी वस्तुको आयात खुला गरेको हो ।

उद्योगको कच्चा पदार्थको रुपमा यी तीन प्रकारका वस्तुको आयातको कार्यविधि २०७८ को प्रक्रिया पूरा गरेर आयातको अनुमति दिएको राजपत्रको सूचनामा उल्लेख छ ।

उद्योगको कच्चा पदार्थको रुपमा हार्मोनाइज्ड कोड ०७१३१००० को केराउ, हार्मोनी कोड ०८०२८००० को सुपारी र हार्मोनी कोड ०९०४११२० र ०९०४११३० को सेतो र कालो मरिच आयातका लागि मन्त्रालयले अनुमति दिएको हो ।

नयाँ आर्थिक वर्ष सुरुहुने बित्तिक्कै यी वस्तुको आयात फुकुवा नगरिँदा उत्पादन प्रभावित चाउचाउ, मसला र गुट्खा उद्योगहरुले छिटो आयात खुलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

मसला उत्पादन गर्ने कम्पनी सेञ्चुरी, चाउचाउ उत्पादक चौधरी र पौष्टिक आहार उत्पादन गर्ने डाबर नेपनलले यी वस्तुको आयात फुकुवाका लागि आग्रह गरेका थिए ।

Related posts

सुनकाे मूल्य आज ताेलामा २ हजार रुपैयाँले घट्याे

MadhesKhabar

नयाँ सरकार बनेकै दिन बढ्याे पेट्रोलियम पदार्थको मूल्य

MadhesKhabar

ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

MadhesKhabar

Leave a Comment