Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे मूल्य आज ताेलामा २ हजार रुपैयाँले घट्याे

काठमाडौं,३०बैशाख:नेपाली बजारमा आज(मंगलबार) पनि सुनकाे मूल्य घटेकाे छ।हिजाे(सोमबार)को तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकोले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हाे।

नेपाली बजारमा आज सुनकाे मूल्य तोलामा दुई हजार रुपैयाँले सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति ताेला एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजाे सुनकाे मूल्य प्रतितोला सुन एक लाख ८६ हजार ८०० रुपैयाँ थियाे।

आज चाँदीकाे मूल्य भने प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ ।आज नेपाली बजारमा चाँदी तोलाकाे एक हजार ९७० रुपैयाँमा बेचबिखन भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २५२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Related posts

राजतन्त्रमा खुलेको वीरगन्ज चिनी कारखाना बहुदलमा बन्द

MadhesKhabar

लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने भयो ‘ठोरी छोटी भन्सार’

MadhesKhabar

बढ्याे इन्धनको भाउ: पेट्रोल प्रतिलिटर १५ र डिजेलमा १० रुपैयाँ बृद्धि

MadhesKhabar

Leave a Comment