Madhes Khabar
खेलकुद

एसियाली खेलकुदको करातेमा नेपालकी एरिकाले जितिन् ऐतिहासिक रजत पदक


फाइल फोटो

काठमाडौं,२० असोज : चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको करातेमा नेपालकी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् ।
६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि एरिका रजतमा रोकिएकी हुन् ।

यसअघि सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् ।

उनले क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १–१ अंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् ।
एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन् । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।
एसियाडकै इतिहासमा भने नेपाललाई एरिकाले करातेमा पहिलो रजत तथा समग्रमा तेस्रो रजत पदक जिताएकी हुन् ।

नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३औं एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् । यस्तै पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो ।साभार : अनलाइनखबरबाट

Related posts

केपी ओली कप च्याम्पियन मच्छिन्द्र वीरगन्ज गोल्डकपको सेमिफाइनलमा

MadhesKhabar

दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित

MadhesKhabar

भरतपुरलाई हराउँदै वीरगन्ज सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment