Madhes Khabar
शिक्षा

आन्दोलनबाट फर्किएका शिक्षकहरुलाई ठोरीमा सम्मान

वीरगन्ज,१९असाेज:काठमाडौं केन्द्रित आन्दोलनबाट फर्किएका शिक्षकहरुलाई पर्साकाे ठाेरीमा सम्मान गरिएको छ ।

सरकारले ल्याएकाे विद्यालय शिक्षा विधेयकको विराेधमा ठाेरीसहित देशभरका शिक्षकहरुले गत असोज ३ गतेदेखि काठमाडाैंमा सडक प्रदर्शनसहितकाे आन्दोलन गरेका थिए।

सरकारसँग सहमति भएपछि विद्यालय फर्किएका ठोरीका शिक्षकहरुलाई शुक्रबार एक कार्यक्रम गरि नेपाली काँग्रेस ठोरीले स्वागत तथा सम्मान गरेको हो ।

ठोरी गाँउपालिका वडा नम्बर ४ निर्मलबस्तीमा आयोजित सम्मान कार्यक्रममा आन्दोलनबाट फर्किएका शिक्षकहरुलाई नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रामबहादुर श्रेष्ठ ,प्रकाश खनाल र सन्तोष श्रेष्ठले टीका र खादा लगाएर सम्मान गरेका हुन्।

काँग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यकममा काँग्रेस महाधिवेशन प्रतिनिधि रामबहादुर श्रेष्ठ र प्रकाश खनालले शिक्षक जस्तो सम्मानित पेशामा रहेका व्यक्तिहरुले आफ्नो अधिकारका लागि सडक आन्दोलन गर्नुपर्ने अवस्था प्रति राज्यले विवेक नपुर्‍याएको धारणा राखे।जुन देशमा शिक्षा र शिक्षकको मान र मर्यादा रहँदैन त्यो देशको विकास सम्भव नभएकाले शिक्षक पेशालाई मर्यादित बनाइनुपर्ने धारणा उनीहरुको थियो।

राज्यले शिक्षकसँग गरेको सम्झौता नहिच्किचाइकन पूरा गर्नुपर्नेमा उनीहरुले जोड दिए।आन्दोलनरत शिक्षक र सरकारबिच भएको सम्झौता अक्षरस पालना गर्न सरकार कटिबद्ध हुनुपर्ने धारणा समेत उनीहरुको थियो।

काँग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले शिक्षकलाई जबसम्म हँसिलो अनुहार बनाएर कक्षाकोठामा प्रवेश गराउने वातावरण सरकारले बनाउँदैन तबसम्म शिक्षामा गुणस्तर नआउने बताए। शिक्षकमाथि व्यापक भेदभाव रहीरहेको बताउँदै सभापति श्रेष्ठले जबसम्म शिक्षालाई हेर्ने नजरमा सुधार आउँदैन तबसम्म समाज परिवर्तन नहुने समेत बताए।

कार्यक्रममा नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ ,नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य केशव शर्मा,नेपाल शिक्षक संघ मधेस प्रदेश समितिका सदस्य चिरञ्जीवी सापकोटा ,नेपाल राष्ट्रिय शिक्षक संगठन ठोरीका अध्यक्ष गोपिलाल श्रेष्ठ ,नेपाल राष्ट्रिय शिक्षक संगठन एकीकृत ठोरीका अध्यक्ष दीपेन्द्र सापकोटा ,वालविकास शिक्षक संघर्ष समिति ठोरीकी अध्यक्ष सुमित्रा परियार लगायतका शिक्षक अगुवाहरुले आ आफ्नो धारणा राखेका थिए ।कार्यक्रमकाे सहजिकरण नेपाली काँग्रेस ठोरीका सचिव भक्तबहादुर श्रेष्ठले गरेका थिए।

Related posts

एसईईको रिजल्ट असार तेस्रो हप्ता सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

MadhesKhabar

गर्मी कम नभएपछि पटेर्वासुगाैली गाँउपालिकाका विद्यालयहरु थप चार दिनका लागि बन्द

MadhesKhabar

कलैयाको श्री ३ चन्द्र माविको नवगठित व्यवस्थापन समिति विरुद्ध अदालतको अन्तरिम आदेश

MadhesKhabar

Leave a Comment