Madhes Khabar
शिक्षा स्थानिय

वीरगन्जमा अनुमति बिना सञ्चालित दुई संस्थामा महानगरले गर्यो शिलबन्दी

वीरगन्ज,१५असोज : वीरगन्जमा अनुमति बिना संचालित थप दुई वटा शैक्षिक संस्थामा वीरगन्ज महानगरपालिकाले शिलबन्दी गरेको छ ।
महानगरद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादबको नेतृत्वमा सोमबार खटिएको अनुगमन टोलीले वीरगन्ज ८ मा सञ्चालित न्यू पपुलर इङ्गलिस ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युट र तराई एजुकेसनल कन्सल्टेन्सी प्रालिमा शिलबन्दी गरेको हो ।

दुबै संस्था महानगरमा दर्ता बिना नै संचालनमा रहेको भेटिएपछि शिलबन्दी गरिएको समितिका संयोजक यादवले बताए ।अनुगमनमा महानगरको शैक्षिक प्रशासन महाशाखाका आनन्द लामिछाने, नारायण छापागाईँ, महानगरका मेयरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको टोली सहभागी थियो ।

Related posts

ठोरीमा खानेपानी मन्त्री कलवारको भाषण : ठोरीवासीका सबै समस्या मधेस सरकारले समाधान गर्छ

MadhesKhabar

सिसिटिभी क्यामेरा ताेडफाेड गर्ने वडाध्यक्ष कलवारलाई कारबाही गर्न मेयर पाठककाे माग

MadhesKhabar

सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगन्जको मेनराेडमा पर्ने  सरकारी कार्यालयहरु तत्काल हटाउने निर्णय

MadhesKhabar

Leave a Comment