वीरगन्ज,१५पुसःचिसो झन् बढ्नुका साथै शीतलहरपनि चल्न कम नभएपछ वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप ३ दिनका लागि जाडो बिदा दिएको छ।बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले विद्यालयहरूमा थप ३ दिन अर्थात पुस १६ देखि १८ गतेसम्मका लागि बिदा दिएको हो ।
बढ्दो चिसोका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा वर्षे बिदाबाट कट्टा हुने गरी पुस १६, १७ र १८ गतेका लागि थप तीर्न दिन बिदा दिइएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ ।
पुस १९ गते शनिबार परेकाले अब पुस २० गतेदेखि मात्रै विद्यालयहरुमा नियमित पठपाठन सुचारु हुने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
यसअघि वीरगन्ज महानगरपालिकाले विद्यालयहरुमा पुस १३ र १४ गते , त्यसअघि पुस ७ देखि ९ गतेसम्म जाडो बिदा दिएको थियो ।
तराई–मधेसमा पुस महिना सुरु भएलगत्तै चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ। हुस्सु लाग्नुका साथै चिसो हावा पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ।

